Advertisement
SKIP THIS
अछाममा लोप हुदैँ पानि घट्टहरु

निराकरण खबर अछाम: अछाममा परम्परादेखि सञ्चालन हुँदै आएका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिधुतिय मिल सञ्चालन पानी घट्हरु लोप हुन थालेका छन।

बिधुतिय मिल नहुदा पानी घट्टमा गहुँ, कोदो, मकै, फाँपर पिस्न घट्टको प्रयोग हुन्थ्यो । साँफेबगर नगरपालिका ९ का स्थानीय नवल सिंह कुँवरले, गाउँमा बिजुली पुगे सँगै खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै गएको  बताए । उनले भने, ‘‘गाउँमा बिजुली पुगेपछि पहिला अछाम साँफेबगर नगरपालिका ९ र १४ का हरेक खोलामा चल्ने पानी घट्ट छोडे अहिले जिर्ण हुदै गएका छन।

पहिला गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्थ्ये, स्थानीयले खोलाको पानीबाट चल्ने घट्टमा अन्न पिस्न छोडेर गाउँमै सञ्चालनमा आएका विद्युतीय मिलबाट पिसानी गर्न थालेपछि उनीहरूको त्यो व्यवसाय बन्द हुँदै गएको हो ।

हाम्रो बाबु बाजेले खोलामा पानी घट्ट बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएपछि हामीले पनि त्यही घट्ट चलाएर नै केही समय पेट पाल्दै आयौँ ।

अहिले गाउँमा विद्युत पुगेसँगै हुने खानेले मिल सञ्चालन गरेपछि पानी घट्टमा अन्न पिस्न कोही नआउने गरेकाले हाम्रो पुस्ताले गरेको व्यवसाय नै सङ्कटमा परेको अछाम बान्निगढी १ का चक्र खड्काले बताए ।

अछामको साँफेबगर, चौरपाटि, बान्निगढि, मेल्लेख, रामारोशन, लगायतका पालिकामा रहेका १०० भन्दा बढी पानि घट्ट अहिले प्रयोग विहीन छन् । मिलमा पिसेको भन्दा घट्टमा पिसेको पिठो शक्ति बर्दक हुने गरेको स्थानीय बताउछन् ।

तपाईको प्रतिक्रिया