चन्द्र प्रशाद जैशि अछाम: अछाममा यो वर्षको धान रोपाइँ सकिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा जेठको दोस्रो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको १४ गते सम्म ९८.५ प्रतीशत रोपाई सकिएको हो।
अछामको धेरैजसो स्थानमा सिँचाइको सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण ढिलो सकिएको हो।
अछाममा ५६ हजानर ३ सय ४७ हेक्टर कुल खेती योग्य जमिन मध्ये १६ हजार ५ सय ९० हेक्टर जमिनमा धान उत्पादन हुने कृषि ज्ञान केन्द्र अछामको तथ्यांकमा उल्लेख छ। यो बर्ष समयमै धान खेतिलाई आवश्यक पानी नपर्दा उत्पादनमा कमि आउन सक्ने देखिएको छ । अछामका कृषकले राधा चार, सुख्खा तिन, साबित्री, हर्दिनाथ एक, हर्दिनाथ छ लगाएतका धानका जात रोपेका छन ।