Advertisement
SKIP THIS
अहिले भाग नपाएर जथाभावी भुक्ने नै हुन टीकापुर घटना घटाउने : रेशम चौधरी

निराकरण खबर अछाम:नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरीले अहिले भाग नपाएर जथाभावी भुक्ने नै हुन टीकापुर घटना घटाउनेहरु हुन भनेका छन।

शुक्रबार सामाजिक सञ्चालनमा लेख्दै संरक्षक चौधरीले
नङ्गाको कुनै इज्जत बेइज्जत हुँदैन र नाङ्गिएको मान्छे सधैं अरुलाई नङ्ग्याउन प्रयत्नरत रहन्छ,।

आफुलाई धेरै थारु अगुवाहरु जेलबाट ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिलेपनि जेलमा रहेका अरु बन्दी कुनैपनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना रहेको लेखेका छन।

हिजो टिकापुर द्वन्द गराउने पनि यिनै हुन् । राजबन्दिको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभावी भुक्ने पनि यिनै हुन् उनलेे लेखेका छन।

सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा असन्तुष्टि पोख्दै उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष लक्ष्मण चौधरीद्वारा पद त्याग्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया