Advertisement
SKIP THIS
सुदूरपश्चिम नागरिक उन्मुक्तिका सबै सांसद ‘मालदार’ ठाउँमा,सातै सांसदलाई गाडि सुबिधा

धनगढी : सत्तारुढ दल नागरिक उन्मुक्ती पार्टी अन्ततः सुदूरपश्चिम सरकारमा गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा मुख्यमन्त्री कमल शाह, नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरी सहित बालुवाटारमा भएको छलफलपछि उन्मुक्ती सुदूरपश्चिम सरकारमा गएको हो। मंगलबार गरी दुई पटक बालुवाटारमा भएको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको थियोे ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कमल बहादूर शाह सहितको छलफलपछि दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ।

सहमति अनुसार नागरिक उन्मुक्तिले भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले सफत लिएसँगै लामो समयपछि सरकारमा सहभागी भएको छ। सुदृढीकरणमा ४ वटा संसदीय समिति रहेको छ। भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । बाकि दुईलाई मन्त्री र राज्यमन्त्री भएका छन। २ सभापति संसदीय समिति दिने र एक जनालाई उप सभामुख दिइने सहमती भएको पार्टीले जनाएको छ । हाल संसदिय दलका नेता र प्रमुख सचेतकले गाडी सुबिधा लिइरहेका छन् ।आज भएका मन्त्री र राज्यमन्त्रीले गाडी सुबिधा पाएसँगै बाँकी ३ जना प्रदेशसभा सदस्यहरुलेपनि सहमती अनुसारको जिम्मेवारी पाए गाडी सुबिधा पाउने छन् ।

तपाईको प्रतिक्रिया