Advertisement
SKIP THIS
सडक डिभिजन कार्यालय अछामको बदमासी: गुणस्तरणहिन पिच जोगाउन माटोले ढाक्न लगायो

निराकरण खबर अछाम: सडक डिभिजन कार्यालय साँफेबगरका कर्मचारीले गुणस्तरणहिन पिच जोगाउन माटोले ढाक्न लगाएका छन।

साउन १५ गते निराकरण खबरले “अछाममा असारमा गरेको पिच साउन उप्कियो “भनेर समाचार प्रकाशित गरेको थियोे ।

समाचार प्रकाशित भएको भोलिपल्ट साउन १६ गते सडक डिभिजन कार्यालय साँफेबगरका कर्माचारीले साँफे मंगलसेन सडक खण्डको रिडिकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल सम्मको सडक खण्डमा माटो माथि गरेको गुणस्तरण हिन पिच जोगाउन माटोले ढाक्न लगाएका छन।

सो खण्डमा सडक चौडा सडक चौडा पार्दा भित्ताबाट फालिएको माटोमाथि सरासर पिच गरिएको थियोे । असारमा गरेको पिच एक महिना नबित्दै बर्षाको समयमा आएको पानिले बगाउन थालेको थियोे ।

सडक डिभीजन कार्यालय साँफेबगरबाट आर्थीक बर्ष २०७९÷८० मा मालिका निमार्ण सेवाले १ करोडमा छिपेखोला बयालपाटा, बार्जुगाड र ताप्ररिसेरा सडक कालोपत्रेका लागी सम्झौता गरेको छ।

सो सडकमै बनाईएका नालि सडक भन्दा माथी सडक तल रहेका छन यसले गर्दा बर्षाको समयमा नालिमा जानुपर्ने पानि सडक भएर बग्ने गरको छ ।

तपाईको प्रतिक्रिया