Advertisement
SKIP THIS
बैतडीमा बृद्ध भत्ता बुझ्न गएका एक वृद्धको बाटोमै मृत्यु

बैतडी: बैतडीमा बृद्ध भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको बृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले बताए ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि परिवारले खोजि गरेका थिए । सोही क्रममा मंगलबार बिहान वडा नं ३ र ४ को सिमानामा पर्ने गोगनपानी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले जानकारि दिए ।

वडा नं ६ को रोडीदवलबाट नविल बैंक रहेको स्थान कुलाउसम्म पुग्न करिब ५ घण्टाको पैदल दुरीमा रहेकोले वडाका नागरिकहरुलाइ समस्या हुने गरेको वडा अध्यक्ष पुजाराले बताए ।

मृत फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

तपाईको प्रतिक्रिया