निराकरण खबर कैलाली :संस्थागत संरचना अन्योलताको कारण देखाउदै सोमबारदेखि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले
आकस्मिक सेवा बाहेक सबै प्रकारका सेवासुविधाहरु अर्को व्यवस्था नभएसम्मका लागि बन्द गराएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्य सरकारले कुनै पनि शिर्षकमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका लागि बजेटको व्यवस्था नगरिएको कारण देखाउदै सेवा बन्द गरिएको पशुचिकीत्सक, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा.लोकेन्द्र न्यौपानेले बताए ।
यस अघि संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि गत आर्थिक वर्षको बजेटमा सरकारले दुइ करोड २२ लाख बजेट विनियोजन गरेको थियो । पछिल्लो समय अफ्रिकन स्वीनफिवर,रेबिज,लम्पी स्क्रीन,पिपिआर रोग लगाएत जस्ता पशुपंन्छीमा विभिन्न थरीका रोगहरुको संक्रमण फैलिदै गैइरहेको अवस्थामा सुदुरपश्चिमका नौ जिल्ला हेर्दै आएको एक मात्र प्रयोगशाला बजेट अभावको कारण देखाउदै बन्द गरिदा यहाँका पशुपालक किसानमा चिन्ता थपिएको छ ।