तारामान खड्का अछाम:बाह्र बर्षमा त खोला पनि फर्कछ भन्थे, तर १५ बर्ष सम्म पनि अछाम दरवार निमार्ण सम्पन्न हुन सकेको छैन।दरवार निर्माण सम्पन्नका लागि सडक देखि सदन सम्म आवाज उठेपनि निर्माण ब्यावसायीले टेर पुच्छर लगाएको छैन। दरवार निर्माण सम्पन्न गराउन दवाव दिने उदेश्यले मंगलसेका दिपेन्द्र खत्रिले लुगामा निर्माणाधिन दरवारको तस्बिरमा म कहिले बन्छु भनेर लेखेर लगाउदै हिडेका छन।
माओवादी द्वन्द्व कालमा भत्काईएका अन्य ठाउँका दरवार बनिसकेका तर ऐतिहासिक अछाम दरवार १५ बर्षमा समेत नबनेकाले यसरी दवाव दिए बन्छ कि भनेर लुगामा निर्माणाधिन दरवारको तस्बिरमा म कहिले बन्छु भनेर लेखेर लगाएको बताए ।
अछाम दरवार निर्माणका लागि राजेन्द्र,साउँद,तुलसी दुर्गा,कुँवर बडीमालीका जेभीले २०६५ सालमा दरवार निर्माणको लागी २ करोड २५ लाखमा ठेक्का पाएमा थिए । पुनर्निर्माणको काम सुरु भएको केहि समय पछि दरवारको पुन: निमार्ण ७ वर्षदेखि अवरुद्ध भयो । फेरी ०७५ भदौ पहिलो सातामा सुरु भएको थियो । काठको अभाव देखाउदै दरवार निर्माणमा ढिलाई भईरहेको छ। ठेकदारले हरेक आर्थिक बर्षको असार मसान्तमा केही काम गरे जस्तो गर्ने पुनः म्याद थपाउने गरेको छ।
दरवारको अहीले सम्म १ करोड १२ लाख भुक्तानी भईसकेको सघन सहरी तथा भवन निमार्ण आयोजना दिपायलले जनाएको छ।
अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालिन राजा टीका भुक शाहको पालामा निर्माण सुरु भइ उनका छोरा दलबहादुर शाहको पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको हो भन्ने इतिहास छ ।
सरकारले ०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको अछामी ईतिहास रहेको छ । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रिको व्यवस्था मिलाएको बताइन्छ। तीन तले दरबारमा ३० कोठा थिए । माटोको नभएर मासको गारो बनाएर दरबार निमार्ण गरीएको थियो।
ठेकदारको लापरवाहीले अछाम दरवारले पुर्णता पाउन नसकेको हो । ठेकदार समेत राजनितीक दलमा जोडिएका कारण कसैको भनेको नटेर्न, बिभीन्न बाहाना गरेर काम ढिला सुस्ती गर्ने गरेको छ।आर्थिक बर्षहरुको अन्ततिर केही काम गर्ने सुर सार बाहेक अरुबेला दरवार निर्माण ठेकदारको ध्यानै छैन ।










