Advertisement
SKIP THIS
धनगढी–दीपायल द्रुतमार्गका आठ वटा पुल अलपत्र

धनगढीः धनगढी–दीपायल द्रुतमार्गका आठ वटा पुल निर्माणको काम अलपत्र पारिको छ। कैलालीको हाटखोलीदेखि डोटीको दीपायलसम्म सडकमा पर्ने आठ वटा पुल निर्माणको काम अलपत्र पारिएको हो। ३३ करोडका ८ वटा पुलको काम अलपत्र पारिएको छ। कैलालीको हाटखोली लगाएतका खोलाका ६ वटा पुलको काम सुरुसमेत भएको छैन। डोटीको गड्सेरा र समूह गाडको पुल निर्माणको काम जारी छ। सबै पुल निर्माणको भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार मंसिरसम्म पुल निर्माणको अवधि रहेको बताए। पुल निर्माणको समय पाँच महिना मात्र बाँकी रहेको भएपनि ६ वटाको काम सुरुसमेत भएको छैन। पुल निर्माणको काम गरेका निर्माण कम्पनीहरुले तीन करोड २३ लाख रुपैयाँ भुक्तानीसमेत पाएका छैनन्। रकम अभावका कारण पुल निर्माणको काम अलपत्र परेको हो।

१६ महिना भित्र पुल निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता गरिएको थियो। ‘एक पुलको सल्याप हालेका छौ। एक पुलको सल्याप हाल्ने तयारीमा छौ। हाटखोलीको पुलको ठेकेदार भागेका छन्। एक खड्सेरामा हो। एक समूह गार्डमा हो। पुलहरुको २० प्रतिशत मात्र काम पूरा भएको छ,

तपाईको प्रतिक्रिया