Advertisement
SKIP THIS
पुल बन्यो तर सञ्चालनमा आएन

निराकरण खबर अछामः अछाममा पुल निमार्ण सम्पन्न भएको ३ महिना हुदाँ समेत सञ्चालनमा आउन सकेको छैन ।सेति राजमार्ग अन्र्तगत अछामको साफेबगर लुङ्गेली खोलामा पक्की पुल निमार्ण सम्पन्न भएको ३ महिना बितीसक्दा समेत सञ्चालनमा नआउदाँ बर्षाको समयमा खोलामा जोखिम मोलेर सवारी साधन आवत जावत गरिरहेका छन । पुलको एकतर्फी सडक जोडिए पनि अर्को तर्फ जग्गा बिवादका कारण सडक पुल सँग जोड्न सकिएको छैन ।

बिषेश गरि साँफेबगर नगरपालीका १ र चौरपाटी गाउँपालीका ४ पायलका नागरिकका साथै चार धाम मध्येको बैद्यनाथ धाम दर्शन गर्न जाने आउने दर्शनार्थीहरुले सास्ती भोग्ने गरेका छन । पानि आउदा खोलामा जोखिम मोलेर भएपनि आवतजावत गर्नुपर्ने बाध्यता रहेको चौरपाटी ४ पित्तेनाका दिपक खत्रीले बताए ।उनका अनुसार पटक पटक स्थानिय सरकार सेति राजमार्ग कार्यालयलाई ध्यानकर्षण गराउदा समेत पुल सञ्चालनमा आउन नसकेको बताए ।

२०७७ चैत २० मा सम्पन्न गर्ने गरि २०७५ असार २१ गते स्वार कन्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ ठेक्का पाएको थियो । सम्झौता मिती भन्दा ४ बर्ष ढिलोगरि निमार्ण सम्पन्न भएपनि जग्गा बिवादका कारण सञ्चालनमा आउन सकेको छैन । राजमार्ग कार्यालयको लारवाहीले जग्गा धनिले समयमै मुआब्जा पाउन सकेका छैनन्। २०७६ सालमा मुआब्जा दिने सहमती भएपनि हालसम्म जग्गा धनीले हालसम्म पनि मुआब्जा नपाउदा पुल सञ्चालन हुन नसकेको हो। पहिले साफे पायल सडकका लागी निःशुल्क जग्गा दिएको राजमार्गले सोहि ठाउँमा पुल नबनाएर अर्को ठाउमा बनाएकोले आफहरुको सबै जग्गा सडकमै सकिने जग्गा धनि शुरेस स्वारले बताए ।

मुआब्जा दिने भनेर २०७६ सालमा सहमती भएपनि हालसम्म मुआब्जा नदिएर कार्यालयले ढाटेको बताए । अब भदौ महिनमा सम्पूर्ण मुआब्जा नदिए २०७६ सालको नभई २०८० को दररेटमा मुआब्जा दिनुपर्ने नदिए पुल कुनै हालतमा सञ्चालन हुन नदिने जग्गा धनिहरुको माग रहेको छ ।यता कार्यालयले भने अर्थ मन्त्रालयमा लामो समय सम्म फाईल अड्कीएकोले ढिलो भएको बताएको छ । असारको अन्तीममा मन्त्रालयले मुआब्जाका लागी बजेट पठाएकोले बितरण गर्न नसकेको बतायो ।सेती राजमार्ग कार्यालयले १५ जग्गा धनिलाई ६७ लाख मुआब्जा दिनुपर्ने छ। सेति राजमार्गका कार्यालयमा कर्मचारी नहुदाँ सुदूरपश्चीमको गौरवको आयोजना निकै ढिला सुस्ती हुदै आएको छ ।कार्यालयका बिभीन्न पदमा १२ जना कर्मचारीको दरबन्दी रहेपनि ४ जना मात्रै रहेका छन ।

तपाईको प्रतिक्रिया