Advertisement
SKIP THIS
स्मृति दिवस अछाममा बिभिन्न कार्यक्रम आयोजना गरी मनाईयो

निराकरण सम्वाददाता अछाम:४१औं बिपी स्मृति दिवस अछाममा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती र मातहतका बिभिन्न निकायले दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेका हुन

बहुआयामिक ब्यक्तित्वका धनी बिपि कोईरालाको जन्म बि.सं. १९७१ साल भाद्र २४ गते भएको थियो भने उहााको देहवसान २०३९ साल श्रावण ६ गते भएको थियो । नेपाली कााग्रेसले आर्दश मान्दै आएको बिपीको सम्झनामा हरेक वर्ष आजकै दिन यस्ता रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । नेपाली काङ्ग्रेस अछामको पार्टी कार्यालयको प्राङ्गणमा नेपाल बिद्यार्थी संघ अछाम को आयोजनामा बृक्षारोपण सहित बिचार गोष्ठी कार्यक्रम गरेको छ ।

पार्टी कार्यालयको प्राङ्गणमा पिपल,अमला, धुपी,बकाइनो लगाएतका बिरुवा रोपिएका छन् । जिल्ला सचीव रामप्रसाद भाटको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका कार्यबाहक सभापति नयाराम बजगाइको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा , महासमिति सदस्य पदमराज अधिकारी महाधिवेशन प्रतिनिधि पुर्णा शाह पार्टी प्रबक्ता पदम शाह , जिल्ला कमिटी पदाधिकारी एवम सदस्य, षोडशा मा बि का प्रधानाध्यापक मदन कुवर , तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट , नेपाल प्रेस युनियन का निबर्तमान अध्यक्ष टंक प्रसाद रिमाल नेबि संघ लगायत भातृ तथा सुभेच्छुक संघ संस्था का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै सोही अवसरमा नेपाल तरुण दल अछामको आयोजनामा जिल्ला अस्पताल मंगलसेनका बिरामीहरुलाई फलफुल बितरण गरि कार्यक्रम मनाइएको तरुण दल अछाम का अध्यक्ष रमेश बिष्टले जानकारी दिनुभयो । त्यस्तै ४१औं बि.पि.स्मृति दिवसको अवसरमा नेपाली कााग्रेस अछामको कार्यालयमा आज बि.पि.कोइरालाको तस्बिरमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको हो।

तपाईको प्रतिक्रिया