Advertisement
SKIP THIS
बिपिको योगदानको स्मरण गर्दै ४१ औं स्मृति दिवस साँफेबगरमा मनाईयो

सरिता खड्का अछाम:प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण आज देशभर ४१ औं स्मृति दिवस मनाईएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।

यसै अन्र्तगत आज नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं .१ प्रदेश कार्यसमिति प्रदेश सभा ( क) र नगरकार्य समिति साँफेबगर नगरपालिकाका को सयुक्त आयोजनामा जननायक बिशेश्वर प्रसाद कोईरलाको ४१औँ स्मृती दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापती कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुदुरपश्चिम कार्य समिति सदस्य रुपा आउजीले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनु भएको छ । बिपी कोइरालाको ४१ औँ स्मृती दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम बौल्दै उनले व्यक्तिको स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार बिपीको योगदान बाट प्राप्त भएको बताए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि महा समिति सदस्य अर्जुन ताम्राकारले बिपीको चिन्तनलाई अगाडि बढाएमात्र देशको विकास हुने बताए । पछिल्लो समय बिपीको सिद्धान्त मिचेर हिड्ने प्रबृती बढेको बताउदै उँहाको मर्गदर्शन लाई आत्मसाथ गरेमात्र पाटी बलियो हुने बताए ।

यस्तै महासमिती सदस्य भगवती खनालले बिपीको सपना साकार पार्ने सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताईन। साथै उनले पाटी बलियो बनाउनका लागि नेता र कार्यकर्ता बिच समनय , सहकार्य हुन आवश्यक रहेको बताईन।यस्तै पुर्व महाधिवेशन प्रतिनिधि ध्वज बहादुर कुँवरले बिपीको सिद्धान्तमा अडिक बने मात्र पाटी बलियो हुने बताए । साथै उँनले पाटी बलियो बनाउनका लागि गुट उपगुटको अन्त्य हुनु पर्ने बताए ।बिपी नेपाली समाजको निर्माता भएको बताउदै उँहाले मनोवैज्ञानिक धारालाई नेपाली साहित्यमा भित्र्याउन बिपी कोइरालाको ठूलो भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रमा जिल्ला कार्य समिती सदस्य राम बहादुर कुँवर , सुरत बहादुर कुँवर, बहादुर खड्का , क्षेत्रीय सचिव भिम बहादुर कुँवर नगर सचिव अनिल परियार, प्रदेश उपसभापति बिमल कुँवर, साँफेबगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिक्मत कडायत लगाएको सहभागिता रहेको थियो । प्रदेश सभापती महेश खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नगर सभापती लाल बहादुर कुँवर नेत्रले गरेका थिए ।

तपाईको प्रतिक्रिया