Advertisement
SKIP THIS
मोहना नदिमा देखिन थाले डल्फिन

कैलालीः कैलालीका नदीमा वहाव बढेसँगै डल्फिन देखिन थालेका छन्। कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको हुन्। कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ।

नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन्। बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन्। डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो। कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्र्ध गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

तपाईको प्रतिक्रिया