Advertisement
SKIP THIS
घोडाघोडी जेसिजको आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

निराकरण खबर कैलाली :घोडाघोडी जेसीज द्वारा कैलालीमा मंगलबार वृहत वृक्षारोपण कार्यक्रम गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीमा रहेको बालज्योती आधारभुत विद्यालयको प्राङ्गण र सोही नगरपालिका–१, सुखडमा रहेको सदाबहार सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

संस्थाको नियमित कार्यक्रम अन्तर्गत नै रहेर उक्त क्षेत्रमा विभिन्न प्रजातीका पाँच सय बोटविरुवा रोपिएको संस्थाका अध्यक्ष भरत भट्टराइले बताएका छन् । घोडाघोडी जेसीजको पहलमा यस अघि पनि त्यस क्षेत्रमा वृहत रक्तदान कार्यक्रम, सार्वजनिक क्षेत्रमा सरसफाइ लगाएतका कार्यहरु भएका थिए ।

तपाईको प्रतिक्रिया