Advertisement
SKIP THIS
लायन्स क्लव अफ साँफेवगरद्वारा रक्तदान

निराकरण खबर अछाम:लायन्स क्लव अफ साँफेवगरले रक्तदान गरेको छ। रक्तदान जिवन दान, जिवन दान महादान भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गरी क्लवले बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख लायन्स राजेन्द्र बहादुर कुँवरले विषम परिस्थितिमा लाईन्स क्लबले मानविय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मानविय सेवाका लागि गरिएको रक्तदान नै धर्म भएको बताए ।

मानव सेवा गर्ने पवित्र उद्देश्य राखी स्थापना गरिएको क्लबले राम्रो काम गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगर प्रमुख कुँवरले सुझाव दिए। यस्तै  बिशिष्ट अतिथि लायन्स नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोजले लायन्स क्लबले गरेको सामाजिक एवम् मानविय सेवाका कार्यहरुको प्रशंसा गरे।कार्यक्रममा ९ पिन्ट रगत संकलन गरीएको थियो ।

तपाईको प्रतिक्रिया