निराकरण खबर अछाम : ७ बर्ष अघि २०७३ मंसिर १२ गते अछामको पहिलो रेडियो रामारोशनले स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त गरेको थियोे ।
त्यो बेला रेडियोको प्रशारण केन्द्रमा ठुलासैनमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई २०७३ मंसिर लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक कृष्णले बुढाले बताए ।
लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको उनलेे बुढाले बताए ।
रेडियोको स्टुडियो रहेको घरमा गौँथलीले लगाएको गुँड कब्जा गरी १ बर्षदेखि एक्लो भगेरो बसिरहेको थियोे ।अहिले भने उप्त भगेरोले गुड परिवर्तन गरिसकेको छ।
बासस्थानको विनाश, विषादीको प्रयोग तथा सञ्चार उपकरणको विकिरणजस्ता कारणले भँगेरालगायत प्रकृतिका कुचिकार गिद्ध, रामारोशन क्षेत्रमा पाइने डाँफे, खरमजुर लगायतका पन्छी संकटमा परेका छन् ।