Advertisement
SKIP THIS
डाेटीमा चट्याङ लागेर एकजना पुरुषकाे मृत्यु

बिक्रम खड्का डाेटी :डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर बडीकेदार गाउँपालिका-५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार अन्दाजी ६५ वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो साढे २ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका स्थानीयले जनाएको छ ।

तपाईको प्रतिक्रिया