Advertisement
SKIP THIS
बिचार र सिद्धान्त छैन भन्नेलाई अछाम पुगेर रबिको जवाफ

निराकरण खबर अछाम:राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले रास्वपाको बिचार र सिद्धान्त छैन भन्नेलाई रबिको जवाफ दिएका छन ।

उनले नेपाली जनताको लागी काम गर्न कुनै बिचार सिद्धान्त नचाहिने, भष्ट्रहरुलाई समात्न बिचार नचाहिने बताए । फरक बिचार सिद्धान्त भएका दलहरु स्वार्थको लागी मिल्ने यो कस्तो सिद्धान्त हो उनले बिचार छैन भन्नेलाई प्रति प्रश्न गरे ।

आफ्नो हिसाव मिलाउदा जुन सुकै दल भएपनि हुने, नेपाली जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य नदिने, आफ्नो उपचार बिदेशका अस्पतालमा गर्ने त्यसको बिल नेपाली जनतालाई तिराउने यो कस्तो बिचार सिद्धान्त हो उनले भने।

अछामले नेता मात्रै उत्पादन गरेको तर ति नेताले अछामका लागी के कस्तो गरेका छन भनेर अछाम पुगे पछि छलंङ्ग देखिएको सभापति लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया