Advertisement
SKIP THIS
रबि लामिछानेले आज २ बजे साँफेबगरमा सम्बोधन गर्ने ।

निराकरण खबर अछाम:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले आज २ बजे साँफेबगरमा सम्बोधन गर्ने भएका छन।

कुनै औंपचारिक कार्यक्रममा नआएका लामिछानेले समर्थक र कार्यकर्ताको टाढा टाढा देखि आएको जानकारी पाएपछि आज दिउँसो २ बजे साँफेबगरमा केही समय सम्बोधन गर्ने रास्वपा अछाम संयोजक ओमप्रकाश रावलले बताए ।

आज बिहान ७ बजे साँफेबगरको होटल बुढिगंगामा समर्थक र कार्यकर्तालाई भेट्ने कार्यक्रम भएपनि समय अभावमा दिउँसो सारिएको संयोजक रावलले बताए ।

लामिछानेले आजै दिउँसो २ बजे बयालपाटा अस्पतालको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको संयोजक रावलले बताए ।

तपाईको प्रतिक्रिया