निराकरण खबर अछाम:नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउँद अछाम आउने भएका छन ।
आईतवार अछामको चौरपाटी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न मन्त्री साउँद आउने गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले बताए ।
मन्त्री साउँदले आईतवार १ बजे पालिका भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
अछामका ६ पालिका भवन ७ बर्ष समेत अझै बनेनन्
१० स्थानीय तह रहेको अछाममा ६ स्थानीय तह अझैपनि भाडाको घरमा बस्दै आएका छन् । बान्नीगढी गाउँपालिका, रामारोशन गाउँपालिका कमलबजार नगरपालिका,तुर्माखाद गाउँपालिका,ढकारी गाउँपालिका र पञ्ञदेवल बिनायक नगरपालिका अझैपनि भाडाको घरमा बस्दै आएका छन।
साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका , मंगलसेन नगरपालिका आफ्नो घरमा बस्दा परराष्ट्रमन्त्री मन्त्रीले उद्घाटन गरेपछि चौरपाटी गाउँपालिका समेत आफ्नै घरबाट नागरिकको सेवा प्रभाव गर्नेछ ।