Advertisement
SKIP THIS
अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

तपेन्द्र धामि अछाम : अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रमका बिच पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाहले अछाम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरे ।

अछाम जिल्लाका सबै पालिकामा जन्मे देखी १५ महिनासम्म पुगेका बालबालिकाले खोपको मात्र पुरा गरेको सुचक भेटिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

अछाम जिल्लाका १० वटा पालिकामा १६ महिना देखि ५ बर्ष सम्मका १३ हजार ४ सय ३६ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चिता भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा अछामका १० वटै पालिकामा घरधुरी सर्वेक्षण गरि बालबालिकाले खोप पाए नपाएको एकिन गरिएको थियो । जसमा २१ जनाले कुनैपनि खोप नपाएको र १ सय ८ जनाले पुरा खोप लगाउन छुटेका भेटिएको थियो । सो पश्चात उनिहरुलाई खोपको मात्र पुरा गरिएको थियो ।

यसअघि जिल्लाका १० वटै पालिकालाई समेत असार ६ गते देखि १३ गते सम्म पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले बताए ।

२०७० ७१ को तत्कालिन जिल्ला परिषदले अछामलाई पूर्णखोप युक्त जिल्ला घोषणा गर्ने निर्णय बमोजिम २०७१ भाद्र २८ गते अछाम जिल्ला पूर्ण खोप जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसअघि २०६९ साल पौष १४ गते तत्कालिन अछाम जिल्लाको क्षेत्र नं. १ मा को भागेश्वर गाविस नेपालकै पहिलो पूर्णखोप युक्त गाविस घोषणा भएको थियो ।

तपाईको प्रतिक्रिया