Advertisement
SKIP THIS
देउवाको गृह जिल्ला डडेलधुरामा रास्वपाको जनसभा: रबिले सम्बोधन गर्ने

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। रास्वपाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो।

रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। उनले डडेल्धुराबासीलाई उक्त जनसभामा उपस्थितिका लागि पनि अनुरोध गरे।

तपाईको प्रतिक्रिया