Advertisement
SKIP THIS
शान्ति सुरक्षाको प्रत्याभूति माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिक्रम खड्का डोटी:लघुबित्त कर्मचारी मञ्च डोटीद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि पुष्पलाल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

सोमबार लघुबित्त कर्मचारी मञ्च डोटी अध्यक्ष मान बहादुर भण्डारी को नेतृत्वमा डोटि जिल्लामा रहेका बिभिन्न १३ लुघबित्तका प्रमुख तथा प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल मार्फत प्रधानमन्त्रीलाई शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरीपाउ भनी ज्ञापनपत्र बुझाएको लघुबित्त कर्मचारी मञ्च डोटीका महासचिव टंक ढुंगानाले बताए

लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि नेपालको गरिबी न्यूनीकरण, वित्तीय पहुँच अभिवृद्धि, महिला सशक्तिकरणको लागि निरन्तर कृयाशिल भई समावेशी वित्तीय व्यवस्था निर्माण गर्न इमान्दार लागिपरेका तर पछिल्लो समय लघुबित्तमाथि असुरक्षा बढेको भन्दै शान्ति सुरक्षा प्रबन्ध गरिदिन अनुरोध गरेको छ।

लघुवित्त वित्तीय संस्थाहरुले दुर्गम क्षेत्रमा बसोबासगर्ने लाखौँ गरिवीको रेखामुनी रहेका विपन्न परिवारहरुलाई सहजरुपमा वित्तीय पहुँच पुर्याई क्षमता अभिवृद्धिका साथै उद्यमशीलता मार्फत आर्थिक स्तरमा सुधार गरिरहेको ज्ञापनपत्रमा भनिएको छ।

ग्राहकको संरक्षण, वित्तीय आवश्यकता र हितलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाप्रवाह भैरहेको साथै ग्राहक र संस्थाको बीचमा सुमधुर सम्बन्ध गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवाप्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूमा यस संघ पुनः प्रतिवद्धता गर्न चाहन्छ पत्रमा भनिएको छ।

विरुद्ध विगत केही समयदेखि केही व्यक्ति तथा राजनीतिक समूहले “लघुवित्तीय विरुद्धको संघर्ष समिति” नामको अवैधानिक समूह खडा गरी सुनियोजित तवरले वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरी कार्यक्रममा अवरोध गरिरहेकाले सुरक्षा प्रबन्ध गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया