Advertisement
SKIP THIS
स्थानिय तहहरुको बजेट उत्पादन मुखी हुनुपर्छ ,समन्वय प्रमुख कुँवर

निराकरण खबर अछाम: जिल्ला समन्वय समिती अछाम प्रमुख ललित बहादुर कुँवरले स्थानिय तहहरुको बजेट उत्पादन मुखि हुनुपर्नेमा जोड दिएका छन ।
आईतबार जिल्लाको ढकारी गाउँपालीकाको ११ औं गाउँसभामा बोल्दै कुवरले स्थानियतहको बजेट उत्पादनको क्षेत्रमा लगानि हुनुपर्ने बताए । अछाम भौगोलिक रुपमा पहाडी क्षेत्र भएपनि यहाको हावापानि तराईको जस्तो पनि भएको हुदाँ सबै खाले बाताबरणमा हुर्कन फलफुल उत्पादन हुन सक्ने बताए ।

पछिल्लो समय अछामको जनसंख्या बसाईसरि जाने क्रम बढीरहेको जग्गा जमित बाझो हुदै गएकाले हुदाँ बजेटले तिब्र बसाईसराई रोक्ने कार्यक्रम ल्याउने स्थानिय तहहरुलाई आग्रह गरे ।बजेट कुनै पनि समुदाय लक्षीत बर्गलाई छुन सके बजेटले सार्थकता पाउने अन्यथा कर्मकाण्डी मात्रै हुने बताए ।

अछामका १० ओटै स्थानियतहहरुको आ आफ्नौ बिषेशता भएको हुदाँ सम्भावना पनि उत्तीकै रहेको समन्वय समिती प्रमुख कुँवरले बताए । अछाममा कयौं जग्गा जमिन बाझो रहेको हुदाँ बाझो जग्गालाई प्रयोगमा ल्याई तराकारी फलफुल उत्पादन गर्न सकिने यसको लागी स्थानिय तहहरुले बोट बिरुवा देखि प्राविधिक सहयोग गर्न सके बाहिरिदै गएको युवा त्यसतर्फ आकृषित हुन सक्ने बिश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया