Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई बजेट व्यावस्थापन गर्न रास्वपाका सांसदद्धारा सरकारको ध्यानार्कषण

निराकरण खबर अछाम : संघिय संसदमा अछामको बयालपाटा अस्पतालको बिषयले स्थान पाएको छ । बजेटमा बयालपाटा अस्पतालको नाम नसमेटिएको भन्दै अछाम, बाजुरा, लगायतका जिल्लामा प्रदेश सरकारको बिरोध भईरहेका बेला प्रतिनिधी सभामा बयलापाटा असपतालको बिषयले स्थान पाएको हो ।

नि:शुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बयालपाटा अस्पताललाई बजेटमा उपेक्षा गरिएको भन्दै राष्टिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डिपी अर्यायलले सरकारको ध्यानार्कषण गराएका हुन् ।

संघिय संसदको सुन्य समयमा बोल्दै सासंद अर्यालले अछाम सहित सुदूर तथा कर्णाली प्रदेशका दुर्गम क्षेत्रका नागरिकलाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल सरकारको उपेक्षामा पर्न यो भन्दा दुर्भाग्य के हुन सक्छ भनेर प्रश्न गरेका छन् ।

बार्षिक १ लाख नागरिकलाई निशुल्क सेवा दिईरहेको अस्पताल संचालनका लागि आर्थिक कठिनाई भईरहेका बेला आवश्यक पर्ने बजेटमा सुदुरपश्चिम प्रदेश सरकार र संघिय सरकारको नजर नर्पनु दुखद भएको भन्दै उनले सरकारको ध्यानार्कषण गराएका हुन् ।

१५ बर्ष देखि अछाममा गैरसरकारी संस्था न्याय हेल्थ नेपालको व्यावस्थापनमा सञ्चालित बयालपाटा असपतालमा अछाम सहित बाजुरा, डोटी, कालिकोट, मुगु, दैलेख लगायतका जिल्लाहरुका नागरिकले सेवा लिईरहेका छन् ।

अछाम क्षेत्र नं. १ बाट नेकपा एकिकृत समाजवादी पार्टीबाट शेर बहादुर कुँवर र क्षेत्र नं. २ बाट नेपाली कांग्रेसबाट पुष्प बहादुर शाहले संघिय संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।

तर अछामका दुबै क्षेत्र र अछाम पछि बढी सेवाग्राही भएको जिल्ला डोटी र बाजुराका सांसदहरुले समेत बयालपाटा अस्पतालको बिषयमा हाल सम्म यो बिषयमा आफ्नो कुनै प्रतिक्रिया समेत जनाएका छैनन् ।

अछामका सांसद संसदमा हराएपछि रास्वपाका सांसदले अछामको बलापाटा अस्पतालको बिषयमा बोल्नु पर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा बिरोध भईरहेको छ ।

तपाईको प्रतिक्रिया