Advertisement
SKIP THIS
जिल्ला प्रशासन कार्यालय अछामद्वारा मंगलसेन बजार अनुगमन

निराकरण खबर अछाम:जिल्ला प्रशासन कार्यालय अछाम द्वारा बजार अनुगमन गरिएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अछमका प्रशासकीय अधिकृत भुपेन्द्र थापाको संयोजकत्वमा सदरमुकाम मंगलसेन बजार अनुगमन गरिएको हो।बजारमाका बिभिन्न २० वटा पसल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरेका एउटा सुनचाँदी पसल र एउटा सैलुनलाई कारवाहि गरि सचेत गराईएको थियोे ।यस्तै प्रकाश मिस्ठान्न भण्डारमा मिठाइँमा अखाद्य बस्तु भेटिएपछी मिठाइहरु बरामद गरि मिठाइँ बनाउने सामग्री समेत जफत गरि नष्ट गरिएको थियोे ।

बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, इलाका प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधिको सहभागी रहेको थियोे ।

तपाईको प्रतिक्रिया