Advertisement
SKIP THIS
पुर्ण खोप सुनिश्चितता, दिगोपन तथा प्रमाणिकरण सम्वन्धि कार्यक्रममा तुर्माखादमा सम्पन्न

निराकरण खबर अछाम :पुर्ण खोप सुनिश्चितता, दिगोपन तथा प्रमाणिकरण सम्वन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ।

शुक्रबार तुर्माखाद गाउँपालिका खोप समिति संयोजक तथा गाउँपालिका अध्यक्ष डम्बर बिसीको अध्यक्ष्ातामा भएको कार्यक्रममा जिल्ला खोप समिति संयोजक तथा जिल्ला समन्वय प्रमुख ललित बहादुर कुँवर प्रमुख अथिति रहेका थिए।

कार्यक्रम बोल्दै संयोजक कुँवरले अछामको बच्चालाई समयमै भबिष्यमा रोग लाग्न दिन खोप लगाउने अवस्थामा खोप लगाउन नागरिकमा अनुरोध गरे।उनलेे खोपको महत्त्व बालबालिका अति नै आवश्यक भएको हुदा नजिकको खोप केन्द्रमा खोप लगाउन अनुरोध गरे।सबैले स्वास्थलाई प्राथमिकतामा राखेर काम गर्न संयोजक कुँवरले आग्रह गरे। बालबालिका स्वास्थ भए गाउँ जिल्ला र देश नै स्वास्थ हुने हुदाँ खोप नछुटाएर लगाउन आग्रह गरे।

कार्यक्रम स्वास्थ कार्यालय अछामका प्रमुख जनस्वास्थ्य अधिकृत तथा खोप झनक ढुंगानाले खोपको महत्त्वबारे प्रष्ट पारेका थिए ।अछाम जिल्लामा बिचमै लगाउने मात्रै पूरा नगरि बिचमै छोड्ने अवस्था रहेको हुदाँ यसलाई रोक्ने सबेरै आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै तुर्माखाद गाउँपालिमा खोप समिति संयोजक डम्बर बिसीले स्वास्थ क्षेत्र समेत परिवर्तन हुदै गएको बिगतको भन्दा अहिले तुर्माखाद गाउँपालिकामा खोप लागउने बढ्दै गएका बताए । नागरिकहरु खोप लगाउन नछुट्न भनेर गाउँपालिकाले काम गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया