Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

अछाम:अछामका विभिन्न पालिकाहरुले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जिल्लाको मंगलसेन नगरपालिका , कमलबजार नगरपालिका , साफेबगर नगरपालिका , र चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

चारवटै पालिकाको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय उत्पादन, युवा रोजगार, कला संस्कृति संरक्षण, मानविय विकास जस्ता कार्यक्रमलाई प्राथामिकता दिएको छ । यस्तै जिल्लाको मंगलसेन नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पदमबहादुर बोहोराले कृषि उत्पदानमा जोड दिइ पोषण अवस्थामा सुधार ल्याउने ,एक घर एक धारा निर्माण गरि नागरिकलाई स्वच्छ खानेपानी खुवाउने,दुधमा आत्मनिर्भर बनाउन भैसि बार्खा र स्थानिय जातका कुखुरापालन व्यवसायलाई प्रवद्धन गर्ने,सबैका लागि शिक्षा भन्ने मुलनारालाइ मुर्तरुप दिन विभिन्न कार्यक्रमहरु संचालन गर्ने, एैतिहासिक सम्पदाको रुपमा रहेको अछाम दरबारको निर्माणकार्यलाई सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

नगर उपप्रमुख संगिता रावल सोडारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया