निराकरण खबर अछाम:नेपाली कांग्रेस बझाङ जिल्ला पूर्व पार्टी सभापति, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पृथ्वीबहादुर सिंहको सम्झनामा नेपाली कांग्रेस नगर कार्यसमिति साँफेबगरले शोक सभा गरेको छ।
मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतक मन्त्री सिंहको फोटोमा माल्यार्पण गरिएको थियोे ।नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य रुपा आउजी, जिल्ला कार्यसमिति कोषाध्यक्ष बल बहादुर साँउद, महासमिति सदस्य जयन्द्र स्वार,जिल्ला कार्यसमिति सदस्य सुरत कुँवर राम बहादुर कुँवर क्षेत्रिय सभापति कृष्ण बुढा लगायत नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।