Advertisement
SKIP THIS
जंगलघाटमा पक्की पुल नबने बेतन कर्णाली बन्न दिदैनौं

निराकरण खबर अछाम :अछामको तुर्माखाद गाउँपालिकाका नागरिकले जंगलघाटमा पक्की पुल नबने बेतन कर्णाली जलबिद्युत आयोजना बन्न नदिने बताएका छन ।

बुधबार पुल महाशाखाबाट आएको परामर्शदाताको टोलीले ४३९ मेगावाटको बेतन कर्णाली जलबिधुत आयोजनाको डुबान क्षेत्र भन्दै चिसापानी जंगलघाट मंगलसेन सडक खण्ड अन्र्तगत अछामको तुर्माखाद गाउँपालीका ४ र सुर्खेतको पञ्चपुरी गाउँपालीका ७ को जंगलघाटमा पक्की बन्न नसक्ने भन्दै अकै ठाउँमा सर्भे गर्न आएको थियो ।

तर स्थानियहरुले त्यही ठाउँमा उचाई बढाएर भएपनि पुल बनाउनु पर्ने माग राखेका छन । २०२८ सालबाट निमार्ण थालिएको चिसापानी जंगलघाट मंगलसेन भएको बेतन कर्णाली पछिको आयोजना भएकोले हाल बन्न लागेकै ठाउँमा पक्की पुल बनाउनु पर्ने अन्यथा बेतन कर्णाली जलबिद्युत समेत बन्न नदिने स्थानिय कबिराम बयकले बताए । पुल निमार्णका लागी डिपिआर,टेन्डर भईसकेको र निमार्ण कम्पनी समेत काम गर्न आईसकेको अवस्थामा जलबिद्युतको डुबान क्षेत्र भन्दै पुनःह पुलका कारण ५२ बर्ष पछि सञ्चालनमा आउन लागेको सडक बन्द नदिन लागीएको भन्दै स्थानियहरुले आपत्ती जनाएका छन ।

तपाईको प्रतिक्रिया