Advertisement
SKIP THIS
सवारी दुर्घटनामा सुदूर पश्चिम सरकारका कानुन मन्त्री सिंह सहित पत्नी र भाउजुकाे मृत्यु

बझाङ: धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंह सहित उनकी पत्नी र भाउजु रहेको सुरक्षा स्रोतले जनाएको छ ।

मन्त्री सहित पाँच जना सवार गाडी आज दिउसो करीव अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटनामा भएको थियो । गाडीमा पाँच जना सवार थिए । अन्य दुईको अवस्था समेत गम्भीर छ ।

तपाईको प्रतिक्रिया