Advertisement
SKIP THIS
अछामका २ जना लागुऔषधसहित धनगढीमा जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अछामको साँफेबगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर सहित २ जनाको साथबाट १ ग्राम ६२० मिलीग्राम लागु औषध खैरोहेरोईन फेला पारी नियन्त्रणमा लिएको हो।

सुपप्रको ०१–००८ प ४६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा लागुऔध फेलापरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
दिनेश खबरबाट

तपाईको प्रतिक्रिया