Advertisement
SKIP THIS
अछाममा लागु औषधका प्रयोग कर्ता बढ्दै समयमै नियन्त्रण हुन नसके भयावह रुप लिने सक्ने

निराकरण खबर अछाम: अछाम जिल्लामा लागू औषधको प्रयोग बढ्दै गएको छ। चालू आर्थिक बर्षको ११ महिनामा लागू औंषधका ५ ओटा मुद्दामा ८ जनालाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक नारायण डागीले बताए । अहिलेनै नियन्त्रण गर्न नसके भयावह हुने उनलेे बताए । लागू औषध नियन्त्रणमा सबैभन्दा बढी अभिभावकहरु जिम्मेवार हुनुपर्ने प्रहरी नायव उपरीक्षक  डागिले बताए ।

अछाममा २६ वटा जघन्य अपराधका मुद्धा दर्ता

जिल्लामा चालु आर्थिक बर्षको हालसम्म २६ वटा जघन्य अपराधका मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यस आर्थिक बर्षको जेठ सम्मको तथ्यांकमा अछाममा २६ वटा मुद्धा दर्ता भएका हुन् ।

जसमा कर्तव्य ज्यानमा २, ज्यान मार्ने उद्योगमा ४, जवरजस्ती करणीमा ९ वटा मुद्धा दर्ता भएका छन् । यस्तै जवरजस्ती करणी उद्योगमा ५, लागुऔषधमा ५ र हातहतियार खरखजनामा १ मुद्धा दर्ता भएका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  नारायण डाँगीले बताए ।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार आर्थिक बर्ष २०७८/७९ मा जघन्य अपराधका २७ मुद्धा दर्ता भएका थिए भने आर्थिक बर्ष २०७७/७८ मा ३१ मुद्धा दर्ता भएका थिए ।

यस्तै बिभिन्न अपराधका १ सय १९ मुद्धा दर्ता भएकोमा ७० मुद्धा फर्छयौट भईसकेका छन् । १ सय ४३ जना अभियूक्त मध्ये १ सय १८ जनालाई प्रहरी प्रक्राउ गरिसकेकको र २५ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रोकिएन आत्महत्या

अछाम जिल्लामा आत्म हत्याका घट्नाहरु नघटेको पाईएको छ । गएको २ आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा केही कम घट्ना भएपनि आत्महत्याका घट्ना भईरहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस आर्थिक बर्षको अहिले सम्मको तथ्यांक अनुसार अछाम जिल्लामा २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जेष्ठ महिना सम्म २० जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

पछिल्ला २ बर्ष भन्दा आत्महत्याका घट्ना कम भएपनि यसको क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक  नारायण डाँगीले बताए । आत्महत्याका घट्नामा कमी ल्याउन मानसिक स्वास्थ्यका कार्यक्रममा बढी केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

आर्थिक बर्ष २०७७/७८ मा ५१ जना, २०७८/७९ मा ३४ जनाले अछाम जिल्लामा आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया