निराकरण खबर कैलाली :कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुर क्षेत्रमा सनिबार बिहान मरेको अवस्थामा फेलापरेका गाईमा विषादी प्रयोग भएको पाइएको छ ।
मरेको अवस्थामा फेला परेका दुई गाईमा बाहिरी कुनै घाउ फेला नपरेपछि पशुचिकित्सकलाइ बोलाएर देखाउदा विषादीको प्रयोग भएको खुलेको हो ।
यस क्षेत्रमा छाडापशुचौपायाका कारण आजित भएका किसानले विषादी प्रयोग गरेर मारेको हुन सक्ने घोडाघोडी नगरपालिका–१०, का कार्यबाहक वडा अध्यक्ष जालुराम चौधरीले बताएका छन् । उनले भने, “हाम्रा नगरप्रमुखलाइ खबर गरेको थिए । उहाँले मरेका गाई गाड्न नगरपालिकाको जेसीबी बोलाइदिनु भएको थियो ।”
यसरी विषादीकै प्रयोग गरी गाई मरेको विषयलाइ नगरप्रमुख खडक बहादुर रावतले गम्भीररुपमा नलिएको प्रति स्थानीयले नगरप्रमुखको गैरजिम्मेवारीपन भनेका छन् ।