Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिकाले ल्यायो शिक्षक स्वर्णिम अवकाश योजना

निराकरण खबर अछाम : अछामको साँफेबगर नगरपालिकाले शिक्षक स्वर्णिम अवकाश योजना ल्याएको छ।नगरका सबै सामुदायिक विद्यालयमा कार्यरत स्याथी शिक्षकहरु स्वर्णिम अवकाश योजनामा सहभागी हुन सक्ने शिक्षा अधिकृत हिरादत्त भट्टले बताए ।

नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा लामो समयदेखि आवद्ध रहेका शिक्षकहरुको जीवनपर्यन्त स्मरणीय बनाउने उद्देश्यले शिक्षक स्वर्णिम अवकाश योजना कार्यक्रम ल्याईएको उनलेे बताए ।

शिक्षक स्वर्णिम अवकाश योजना कार्यक्रममा सहभागी हुन चाहने शिक्षकले २० बर्ष सेवा अवधी पुगेका वा ५५ बर्ष उमेर पुरा भै निरन्तर शिक्षण पेशामा आवद्ध हुनुपर्ने साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवरले बताए ।

२०८१ बैशाख देखि चैत्र मसान्तसम्म अनिवार्य अवकाश हुनेको हकमा १ लाख,२०८२ बैशाख देखि चैत्र मसान्तसम्म अनिवार्य अवकाश हुनेको हकमा १ लाखमा प्रति महिना ६ हजार का दरले थप गरि अनिवार्य अवकाश हुन बाँकी रहेको अवधिको हिसाब गरि हुन आउने रकम प्रदान गरिने नगर प्रमुख कुँवरले बताए ।यस्तै २०८३ बैशाख देखि चैत्र मसान्तसम्म अनिवार्य अवकाश हुनेको हकमा ३ लाख प्रोत्साहन प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया