Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट

धनगढी:सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार प्रदेश मुख्यमन्त्री कमलबहादुर साहले पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजित गरिएको घोषणा गरे । त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८.०२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३० करोड अर्थात् १.०३ प्रतिशत हुने गरी विनियोजन भएको छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. १ अर्ब ५० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु. ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु. ६ करोड ५६ लाख ८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ५२ करोड ३ लाख रहेको छ ।

 चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ३ अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु. ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ७७ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ६२ करोड प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री  नरेश कुमार शाहीले घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया