Advertisement
SKIP THIS
देउवाको गृह जिल्ला डडेल्धुरामा बजेटको ओहिरो

धनगढीः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा बजेटको ओहिरो लागेको छ। डडेल्धुराका लागि संघीय सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा ६ गुणा बढी बजेट विनियोजन गरेको हो। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको गृह जिल्लामा आगामी आर्थिक वर्षका लागि बजेटमा ६ गुणाले वृद्धि भएको हो।

संघीय सरकारले देशभरमै डडेल्धुराका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा एक अर्ब १० करोड बजेट विनियोजन गरिएको छ। डडेलधुरामा गत आर्थिक वर्षको तुलनामा ६ गुणाले बजेट बढाइएको छ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १७ करोड बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १० करोड बजेट विनियोजन गरिएको हो। देशका ७७ जिल्लामध्ये देउवाको गृहजिल्ला डडेलधुरामा मात्रै २१ प्रतिशत अर्थात् १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कनिका छरेजस्तो बजेट विनियोजन गरिएको भए पनि डडेल्धुराम भने बजेट खन्याउने काम भएको भन्दै आलोचना हुन थालेको छ। वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम सुरुदेखि नै डडेल्धुरामा केन्द्रित थियो। यसै पनि कार्यक्रमका अधिकांश सडक स्थानीय स्तरका छन्। पालिका र प्रदेश तहले नै हेर्न सक्ने योजनालाई संघीय बजेटमा पार्ने काम भएको छ।

आवश्यक क्षेत्रभन्दा अनावश्यक क्षेत्रमा बजेट केन्द्रित गर्ने काम भएको भन्दै टिकाटिप्पणी हुन थालेको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ ठुलो बजेटको आवश्यकता परिरहेको अवस्थामा निकै न्युन अर्थात एक अर्ब १५ करोड मात्र विनियोजन गरिएको छ। जबकी काँग्रेस सभापति देउवाको गृहजिल्लामा एक अर्ब १० करोड बजेट विनियोजन भएको हो।

तपाईको प्रतिक्रिया