Advertisement
SKIP THIS
राजनितीक अभिष्ट पुरा गर्न नगरमा गाभिएका साँफेबगर नगरपालीकाका विकट  वडाहरु

काजगमा सुगम बास्तविकतामा दुर्गम साँफेबगर नगरपालीकाका बिकट यी वडाहरु

तारामान खड्का अछाम:
अछामको साँफेबगर नगरपालीका भनेपछि निकै सुगम मानिन्छ ,तर त्यही नगरपालीकाको केहि वडा अछामकै दुर्गम क्षेत्रका रुपमा परिचित छन । स्थानिय तहको संरचना निमार्ण गर्दा राजनितीक अभिष्ट पुरा गर्न हिसावले साँफेबगर नगरपालीकामा मिलाईएका तत्कालिन वडाहरु देबिस्थान,पातल, बुढाकोट र खप्तडका नागरिकले अहिले सास्ती भोगीरहेका छन ।

कागजमा सुगम तर, बास्तबिकतामा निकै दुर्गम र पछि परेको साँफेबगर नगरपालिका १२, खप्तडका नागरिक गुजारा टार्नकै लागि भैंसीपालन पुर्खेउली व्यावसाय गर्न वर्षको ६ महिना खप्तडको पाटन क्षेत्रमा बिताउने गरेका छन् । स्वास्थ्य,शिक्षा ,यातायात,सञ्चार जस्ता बिकासका न्युनतम् आवश्यकता समेत प्रयोग गर्न नपाएका उनिहरुको दैनिकी खप्तडका पाटन क्षेत्रमा बित्ने गरेको छ । आर्थीक अवस्था न्युन भएका उनिहरु राष्ट्रिय निकुञ्जलाई शुल्क तिरेर खप्तडका पाटनमा पुर्खेउली व्यावसाय भैंसीपालन गरिरहेका छन । राष्ट्रिय निकुञ्ज भएकाले बेला बेला जंगली जनावरहरुले क्षती गर्ने गरेको साँफेबगर नगरपालीका १२ खप्तडका परिचन रावलले बताए ।

पर्यटकीय तथा धार्मीक क्षेत्र भएकाले बेला बेलामा खप्तड घुम्न आउने पर्यटकका भारी बोकेर घर खर्च चलाउने, नगरपालीकाको केन्द्र जान समेत १ दिन लाग्ने गरेको सोही ठाउँका डम्बर रावलले बताए । गाउँ नगरको केन्द्र साँफेबगर जान ८ सय भाडा लाग्छ पैसा जति गाडीलाई ठिक्क हुन्छ । गाउँमा ठाउँ नभएपछि पुर्खाहरुले खप्तडका पाटनमा भैसी चराउन लिने गरेका आफुहरुले पनि पुर्खाहरुले गरेको काम गरिरहेका तर खप्तड क्षेत्रमा कोहि नबस्ने हुदाँ दुध दहि बिक्री समेत नहुने कहिले काहि खप्तडमा घुम्न आएका पर्यटकले दुध दहि किन्ने गरेका अन्य बेला आफै खाने गरेका खप्तडकै ८० बर्षिय बृद्ध झुमा रावलले बताईन।

२ सय बढी घर परिवार रहेको खप्तडका अधिकांस नागरिक यो समयमा घरमा केटा केटी छोडेर खप्तडका बिभीन्न पाटनमा भैसी र भेडा बाख्रा लिएर बस्ने गरेका छन । आफु निवार्चित भएदेखि नै नगरको बिकट क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको साँफेबगर नगरपालीका नगर प्रमुख राजेन्द्र कुँवरले बताए । खप्तड क्षेत्र पर्यटन सँगै तल्लो बस्ती भएको आलु पकेट क्षेत्र भनेर नगरले काम गरिरहेको सडक नपुगेको ठाउँमा सडक पुर्याएको नगर प्रमुख कुँवरले बताए ।

तपाईको प्रतिक्रिया