Advertisement
SKIP THIS
धनगढीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मोटरसाइकल दुर्घटना भएको हो। से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया