Advertisement
SKIP THIS
आफैं मापसेमा पक्राउ परे,प्रहरीलाई ‘जड्याहा’भन्ने पत्रकार

काठमाडौं:पत्रकार दिपकराज जोशी गएराति पक्राउ परेका छन् । फेसबुकमा जथाभावी स्टाटस लेखेको भन्दै प्रहरीले उनलाई समातेर मापसे परीक्षणसमेत गराएको छ ।

उनले हिजो राति बर्दीमा रहेका दुई जना प्रहरी मातेर हिँडेको स्टाटस लेखेका थिए । तर पछि बुझ्दा जोशी आफैँ मातेको पाइएपछि प्रहरीले कीर्तिपुरबाट समातेको हो । 

पक्राउपछि मापसे परीक्षण पुष्टि  भएको प्रहरीको दावी छ । ड्युटीमा रहेका प्रहरीले मापसे नगरेको त्यहाँका डिएसपी राजु लामाले बताए । जोशीलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा विद्युतीय ऐनबमोजिम कारवाहीको तयारी भएको बताइन्छ  । 

ऐनको दफा ४७ मा लेखिएको छ, ‘सार्वजनिक नैतिकता,शिष्टाचार विरुध्दका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने….’ लाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

तपाईको प्रतिक्रिया