बिक्रम खड्का डाेटी: सेती नदीमा नुहाउने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ।
डाेटी जिल्लाको पुर्विचौकी गाउँपालिका वडानम्वर ४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिंह थापाले बताए।
खड्काको दिउँसो सेती पक्कि पुल नजिकै नुहाउने क्रममा मृत्युु भएको हो । मृतककाे प्रहरी र स्थानीयले खाेजि गरि शव आफन्तलाई बुझायका छन ।