Advertisement
SKIP THIS
अछाममा बृद भत्ता लिन गएकी एक महिला मृत फेला

अछाम: जिल्लामा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -६ ताेली कि अन्दाजी ६१ बर्सिया काैशील्ला देवी रावल विनायक र कालिकास्थानकाे सिमाना नजिकै शुक्रवार मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

घरबाट आफ्ना छोरा सँग पाँच दिन अघि सामाजिक सुरक्षा भत्ता लिन विनायकमा रहेको माछापुच्छ्रे बैङ्कमा आएकी उनी बेपत्ता भएकी थिइन्। 

पारिवारिक स्रोतका अनुसार उनको मानसिक सन्तुलनमा केही समस्या रहेको र कान कम सुन्ने गर्थिन् ।

प्रहरीका अनुसार मध्य पहाडी सडक खण्डबाट करिब ५ सय मिटर तल भिरमा शव फेला परेको हो । 

जिल्ला बाट प्रहरी प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्न लागेको पनि प्रहरीको भनाइ छ । 

तपाईको प्रतिक्रिया