Advertisement
SKIP THIS
भारतको केरला पुगेको मनसुन कहिले पुग्छ सुदूरपश्चिम

अछाम: यसपालिको मनसुन सुदूरपश्चिममा ढिलो गरी १३ असारमा मात्रै पुग्ने अनुमान गरिएको छ ।

मनसुनी वायु बिहीबार दक्षिणी भारतको केरला आइपुगेपछि मौसम वैज्ञानिकले सो मिति अनुमान गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ ।

मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । यो वायु बंगालको खाडीमा पुगेपछि नेपालमा मनसुनी प्रक्रिया सुरु हुन्छ ।

महाशाखाका मौसमविद सञ्जिव अधिकारीले मनसुनलाई केरलाबाट नेपालको पूर्वी जिल्ला झापा पुग्न सामान्यतया १३ दिन लाग्ने र झापाबाट सुदूरपश्चिम पुग्न थप पाँच दिन लाग्ने बताए ।

केरलामा १ जुन मनसुनी वायु भित्रिने गरेको भए पनि यस वर्ष एक साता ढिलो आज बिहीबार अर्थात् ८ जुनमा मात्रै भित्रिएको छ ।

महाशाखाका मौसमविद् अधिकारीले बंगालको खाडीमैं मनसुनी वायु उठ्न ढिलो भएको हुनाले सुदूरपश्चिममा पनि मनसुन एक साता ढिलो पुग्ने बताए ।

तपाईको प्रतिक्रिया