Advertisement
SKIP THIS
अछाममा जताततै सूर्तिजन्य पदार्थ बिक्री बितरण गरे कारवाहि गरिने

निराकरण खबर अछाम:अछाममा जहातहि सूर्तिजन्य पदार्थ बिक्री बितरण गरे कारवाहि गरिने भएको छ। आईतवार जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक सुचना जारी गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ४ बमोजिम सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने बताएको छ।।

सरकारी कार्यालय, शैक्षिक संस्थान, पार्क, धर्मशाला तथा धार्मिक स्थल, रङ्गशाला, सार्वजनिक शौचालय, चलचित्र घर, प्रतिक्षालय, सार्वजनिक सवारी साधन लगायतका सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने नगराउने यस्तै नेपाल सरकाले राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका सार्वजनिक स्थल तथा स्वास्थ्य संस्था,शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एकसय मिटर भित्रको पसलबाट सूर्तिजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन निर्देशन दिएको छ।

कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न लगाए, सूर्तिजन्य पदार्थ सेवन नगर्ने,सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गरी यस सूचनाको बेवास्ता गरेमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा १७ बमोजिम कारवाही हुने प्रशासकीय अधिकृत मिनराज आचार्य द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया