Advertisement
SKIP THIS
अछामका नागरिक मजदुरी गर्न भारत तिर ,अन्य जिल्लाका नागरिक अछाममै आउछन् मजदुरी गर्न

तारामान खड्का अछाम:अछाम सहित सुदूरपश्चीमका नागरिकका कामको खोजीमा भारत सहित अन्य मुलुक गईरहेका छन । काममा अदक्ष उनिहरुले त्यहा गएपछि बिभीन्न किसिमका निमार्ण क्षेत्र देखि दैनिक ज्याला मजदुरी गर्ने गरेका छन । तर त्यही जनशक्ती आफ्नो गाउँठाउँमा भईरहेका बिकास निमार्ण कार्यका काम गर्न चाहदैनन्, पछिल्लो समय अछाममा भईरहेका बिकास निमार्ण कार्यमा स्थानिय कामदार देखिदैनन् ।

अन्य मुलुक जानेमा महिला भन्दा पुरुषको सङख्या अधिक छ। जिल्लाका काम गर्न सक्ने उमेर समुहका नागरिक अन्य मुलक जादाँ जिल्लामा भईरहेका साना देखि ठुला बिकास निमार्णका कार्य लागि भने भारत सहित अन्य जिल्लाबाट मजदुरहरु ल्याउनु परेको छ । बाहिर जिल्लाबाट आएर उनिहरुले मनग्य आम्दानी गर्ने गरेका छन । साँफेबगर मंगलसेन सडक खण्डमा सडक कालोपत्रे गर्न अलकत्त्रा पगाल्दै भेटीएका बाकेका मैकु नाउलाई कहिल्यै खाली बस्नु परेको छैन । उनले अलकत्रा पोलेर दैनिक ९ सय बढी कमाउने गरेको बताए ।

कामलाई सानो ठुलो मान्दा गाउँघरमा भएका कामलाई कामै नमान्ने , गाउँघरमा काम गर्दा हिचकिचाउने बानी, काममा दक्ष नभएर पनि बढी पारिश्रमीकको माग गर्ने अवस्था रहेको छ । तर बाहिरी जिल्लाबाट काम गरिरहेकाले सिप अनुसारको पारिश्रमीक पाईरहेका छन ।बिगत ४ बर्ष देखि कालोपत्रे गर्ने मिक्सचर चलाई रहेको मासिक रुपमा दैनिक २ हजार पाउने गरेको साँफेबगर मंगलसेन सडक खण्डमा सडक काम गर्ने बर्दीयाका आरिफ शेखले बताए ।

यस्तै पुरुषहरु रोजगारीका लागी बाहिर जादा गाउँघरमा भने महिलाको सङख्या बढी छ । केन्द्र सरकारले स्थानिय तहलाई हस्तान्तरण गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमामा समेत महिलाको सङख्या अधिक छ ।अछामका स्थानिय तहले सञ्चालन गरिरहेका प्रधानमन्त्री रोजगार कार्यक्रमा मुस्कीलले १० देखि १५ प्रतिशत पुरुषको सङख्या छ । बान्नगढी जयगढ गाउँपालीका रोजगार संयोजक गणेश सुनारका अनुसार बान्नीगढी जयगढ गाउँपालीकामा प्रधानमन्त्री रोजगार कार्यक्रमा पुरुष भेटाउनै मुस्कील परेको बताए । पछिल्लो समयमा ग्याबिन पुर्ने जस्ता काममा स्थानिय कामदारहरुले काम गरिरहेका तर ठुलाँ कामहरुका लागी बाहिर जिल्ला र भारतबाट कामदार ल्याउनु पर्ने अवस्था रहेको निमार्ण ब्यवसायी संघ अछामका अध्यक्ष तेजु ढुगांनाले बताए ।

स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ती उत्पादन ,स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गरे काम सानो ठुलो भन्ने मानसिकता हटाउन सके यसरी आफ्नै जिल्लामा भईरहेका बिकास निमार्णका कार्यका लागी अन्य जिल्लाबाट कामदार ल्याउदाँ जिल्लाको पैसा अर्को ठाउमा अवस्थाको अन्त्य हुने थियो ।

तपाईको प्रतिक्रिया