Advertisement
SKIP THIS
टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो। भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पतालमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया