Advertisement
SKIP THIS
मुख्यमन्त्री कमल शाह ज्यू ! योजना बिक्री हुदैनन् भनेको थाह छ नि?

निराकरण खबर अछाम:सातै प्रदेश सरकारमा बदानामि कमाएको सरकार थियोे सुदूरपश्चिम सरकार , सुदूरपश्चिम गत सरकारको पालामा योजनाहरु कमिसनमा बिक्री हुने गरेका सबै जानकारी नै छन् ।सुदूरपश्चिमका ८८ वटै स्थानीयतका कार्यपालिकाले सिफारिस गरेका योजनाहरु गत प्रदेश सरकारलेको प्राथमिकतामा परेका थिएनन् ।

योजना कमिसन भएर खोला नभएको ठाउँमा ग्याबिन, पानी नभएको ठाउँमा कुलो पोखरी , बस्ती नभएको ठाउँमा सडक, पहुँचवालाका घर घरमा रहेका मन्दिरमा बजेट सकिएको थियोे । यस्तै मुल एउटै सिचाई गर्नुपर्ने ठाउँमा एउटै तर कुलो भने ब्याक्तिगत पिच्छेकै यो सुदूरपश्चिम सरकारले कमिसनमा बजेट बिक्रि गरेको बजेटको नमुना मात्रै थियोे ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाहल गरेपछि भनेका थिए ,अब सुदूरपश्चीमका नागरिक चौकिदारी गर्न भारत जानु प्रदैन तर ठिक उल्टो भयो मुख्यमन्त्री मन्त्री र उनका आसेपासेका जिवन त सुर्धियो तर गरिव निमुखा नागरिकको अवस्था भने झन दयनीय भयो ।

सुदूरपश्चिम सरकारको तेस्रो मुख्य मन्त्री भएका कांग्रेसका कमल बहादुर शाहले सुदूरपश्चिम अधिकांस जिल्लामा पुगेर भनेका थिए , बिगतमा के भयो अब यश सरकारले योजना बिक्रि गर्दैन नागरिकलाई भनेका थिए ।
मुख्यमन्त्रीले नै सबै प्रदेश सांसदहरूलाई आ-आफ्नो क्षेत्र पठाएर प्राथमिकताका आधारमा योजना छनोट गर्नु , त्यसै अनुरुप प्रदेशका सबै जिल्लाबाट प्राथमिकताकरण गरेर योजना प्रदेश सरकार सामु समेत पुगे ,

बजेट आउने समय नजिकिदै गर्दा प्रदेशका सबै जिल्लाबाट योजना माग्न पुनः पुरानै शैलिमा नेता कार्यकर्ता प्रदेश अस्थाई राजधानी धनगढी पुगि सकेको छन।अहिले धनगढीका होटल होटलमा बिचौलिया पुगेका उनिहरुले योजना कमिसनमा बिक्री गरेका, स्थानिय तहले पठाएका योजना कपडामा पोका पारेर मन्त्रालयका कोठामा थुपारिएका बुझिएको छ।

अझै मन्त्री र तिनका स्वकीयले बिचौलिया लगाएर धमाधम बिक्री गरिरहेका जनप्रतिनिधिहरुले बताए । स्थानीयले तहको पठाएका योजना भन्दा पनि मोबाइलको म्यासेजमा आएका योजना पहिलो प्राथमिकतामा परेका बुझिएको छ।

मुख्यमन्त्री कमल शाहले योजना स्थानीय तहबाट सिफारिस भएका मात्रै आउछन् भनेका कुरा कत्तिको ब्यावहारमा लागू हुन्छ अब थौर समय मात्रै छ।

तपाईको प्रतिक्रिया