Advertisement
SKIP THIS
नेपाल बजार बिक्री प्रतिनिधी संघ डोटी अछाम इकाइद्धारा बयलापाटा अस्पतालका बिरामीलाई फलफुल बितरण

अछाम :नेपाल बजार बिक्री प्रतिनिधी संघ डोटी अछाम इकाइले बयलापाटा अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

नेपाल बजार बिक्री प्रतिनिधी संघको २३ औँ स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका ५० जना बिरामीलाई फलफुल बितरण गरिएको डोटी अछाम ईकाईका अध्यक्ष कपिल देव कुँवरले बताए ।

स्थापना देखि नै संघले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको र यसपटक पनि देशभर यस्तै रचनात्मक काम भईरहेका केन्द्रीय सदस्य टेक बहादुर बमले बताए ।

सोही अन्र्तगत अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालले बिगत लामो समय देखि निशुल्क स्वास्थ्य सेवा दिईरहेको र आफुहरुले पनि बिरामीलाई फलफुल बितरण गरेको संघका सल्लाहकार सदस्य दिनेश कुँवरले बताए ।

तपाईको प्रतिक्रिया