Advertisement
SKIP THIS
अछाममा विपद् पूर्व तयारी तथा प्रतिकार्य नमुना अभ्यास गरियो

निराकरण खबर अछामःअछाममा बाढी पहिरोबाट प्रभावितका साथै भिरमा फसेका ब्याक्ती तथा मृत शरिरको उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुयुक्त रुपमा बुढीगंगा नदिमा विपद् पूर्व तयारी तथा प्रतिकार्य नमुना अभ्यास गरेका छन ।

बर्षा यामको समयमा बिभीन्न प्रकारका दैविक प्रकोपका घटना घट्न सक्ने आकलन गर्दै साँफेबगर नगरपालीकाको सहकार्य र समन्वयमा जिल्ला विपद् व्यावस्थापन समितीको आयोजनामा तिनै सुरक्षा निकायले बुढीगंगा पक्की पुल नजिक सयुक्त कृत्रिम घटना अभ्यास गरेएका हुन ।

अभ्यासमा बाढीमा फसेका,भिरमा फसेका,नदिमा डुबेकाहरुलाई कसरी सुरक्षीत रुपमा उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको थियो । कार्यक्रम प्रमुख अथीती जिल्ला समन्वय समिती अछामका प्रमुख ललित कुँवरले प्रकोप बाजा बजाएर नआउने बताए ।अछाम जिल्ला बाढी पहिरोको लागी जोखिम भएको बताउदै बाजुरामा बुढीगंगा नदिमा आउने पहिरोले तटीय क्षेत्र साँफेबगरमा निकै जोखिम भएको बताए । अछामका अधिकांस स्थानिय तहले दैविक प्रकोप सम्वन्धी पूर्ब तयारी गरिरहेकोमा धन्यवाद दिए ।

अछाम बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भएकाले आईपर्ने दैवीप्रकोपबाट जोखिम कम गर्न, दैवीप्रकोपले निम्ताएको घटना कसरी सुरक्षित तवरले उद्दार र घाइतेहरुको जतिसक्दो चाडै उपचार गर्न सकिन्छ भनेर पुर्व अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया