Advertisement
SKIP THIS
पाचौँ साँफेबगर महोत्सबको आय व्यय सार्बजनिक

निराकरण खबर अछाम:स्थानिय उत्पादन,कला,संस्कृति तथा पर्यटन प्रबद्धनका लागी सञ्चालन भएको पाँचौँ साँफेबगर महोत्सबको आय व्यय सार्बजनिक गरिएको छ । महोत्सब मुल आयोजक समितीले आज पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो ।

गत बर्ष माघ २५ गते देखी फाल्गुन ५ गते सम्म सञ्चालन भएको महोत्सबको आम्दानी तर्फ ४६ लाख ९ हजार ६ सय ५५ रुपैया रहेको छ । खर्च तर्फ ४४ लाख ६० हजार ९ सय रहेको आर्थिक उपसििमतका सयोजक हिक्मत कुँवरले जानकारी दिए । आम्दानी तर्फ पालिकाबाट ८ लाख ९ हजार ५ सय,टिकट बिक्री १२ लाख ९ हजार,महेन्द्र कँुवर फाउण्डेशनबाट ५ लाख,स्टलबाट १ लाख ४५ हजार,पास बिक्रि १ लाख ६० हजार प्रायोजक सहप्रायोजक २ लाख ७८ हजार,व्यापारीबाट शेयर ६ लाख ५ हजार,बैकिग क्षेत्रबाट ८० हजार ५ सय ५५ रुपैया रहको छ ।

त्यसैगरी पालिकाबाट ६ लाख ,प्रायोजक सह प्रायोजकबाट १ लाख २३ हजार र बैकिग क्षेत्रबाट १० हजार रकम गरी ७ लाख ३३ हजार रकम उठ्न बाँकी रहेको कुँवरले जानकारी दिए । खर्च तर्फ स्टल निमार्ण ८ लाख,रमाईलो मेला ढुवानी खर्च ५० हजार,कलाकार पारिश्रमिक १० लाख २१ हजार,कलाकार हवाईजहाज टिकट खर्च १ लाख ८४ हजार ५ सय,धनगढीबाट अछामसम्मको कलाकारको यातायात खर्च २ लाख ५४ हजार ,कलाकार होटल खर्च २ लाख २५ हजार सेक्युरिटी गार्डको पारिश्रमिक १ लाख,टिकट,ब्यानर,सम्मान पत्र छपाई ३ लाख ५० हजार,बाध्यबाधक समुह खर्च १ लाख,खेलकुद खर्च ४ लाख ५० हजार,स्वयमसेवक ३६ हजार ४ सय,स्टेज सजावट १३ हजार ६ सय,जग्गा भाडा २७ हजार,खानेपानी तथा बिधुत महसुल १ हजार ४ सय ,पानी खाजा खर्च ६७ हजार,शेयर फिर्ता रकम ६ लाख ८५ हजार सचार खर्च ४६ हजार रहेको आर्थिक उपसमिति सयोजक कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया